Oct 16, 2026 · 6 min · 2 segments
In this episode of Techpana Tech Update, we cover Nepal Telecom’s affordable 30 Mbps Wi-Fi 6 fiber internet packages, home delivery of SIM cards, increased digital wallet deposit limits during major…
No entities detected.
निजी कम्पनीको इन्टरनेट महँगो भइरहेको बेला नेपाल टेलिकमले सस्तो दरको इन्टरनेट प्याकेज ल्याएको छ। मासिक चार सय सत्र रुपियाँमै टेलिकमको तीस MPPS फाइभर इन्टरनेट प्याकेज आएको हो। उता एक सय साठी रुपियाँमा घरमै नेपाल टेलिकमको सिम आइपुग्छ। अनलाइन आवेदन चाहिँ कसरी दिन त? यस पटकको टेकपाना टेक अपडेटमा हामीसँग यी सहित अरू धेरै विषय समावेश छन्। [संगीत] निजी कम्पनीको सस्तो इन्टरनेट प्याकेज बन्द गरेको बेला नेपाल टेलिकमले सस्तो दरको इन्टरनेट प्याकेज ल्याएको छ। नेपाल टेलिकमले आफ्ना फाइभर टु दि होम FTTH अर्थात् NT फाइभर प्रयोगकर्ताका लागि मासिक करिब चार सय सत्र रुपियाँमै उपलब्ध हुने गरी तीस MPPS गतिको नयाँ इन्टरनेट प्याकेज ल्याएको छ। टेलिकमले FTTH सेवा अन्तर्गत Wi-Fi Six प्रविधिमा आधारित विभिन्न नयाँ व्यक्तिगत प्याकेजहरू सार्वजनिक गर्दै उक्त किफायती इन्टरनेट अफर उपलब्ध गराउने निर्णय गरेको हो। टेलिकमका अनुसार ग्राहकले नयाँ प्याकेजका रूपमा तीस MPPS गतिको फाइभर इन्टरनेट वार्षिक चार हजार नौ सय उनान्सी रुपियाँमै प्राप्त गर्न सक्नेछन्। वार्षिक शुल्कलाई मासिक रूपमा हिसाब गर्दा यो प्रति महिना करिब चार सय सत्र रुपियाँ मात्र हुन आउँछ। बाह्र महिनाको समयावधि रहने यस प्याकेजका लागि ग्राहकले अतिरिक्त जडान शुल्क तिर्नुपर्ने छैन। टेलिकमले यसमा लाग्ने नियमित पाँच सय रुपियाँको जडान शुल्क पूर्ण रूपमा छुट गरेको छ। यसैगरी टेलिकमको तीव्र गतिको इन्टरनेट चाहने प्रयोगकर्ताका लागि Wi-Fi Six individual package समेत सञ्चालनमा ल्याएको छ। टेलिकमले अरू पनि offer ल्याएको छ जुन टेकपानामा पढ्न सकिन्छ। अब एक सय साठी रुपियाँमा घरमै नेपाल टेलिकमको सिम आइपुग्ने भएको छ। नेपाल टेलिकमले ग्राहकलाई काउन्टरसम्म नपुगी अनलाइन आवेदनमार्फत नयाँ prepaid physical SIM card हुलाकबाट घरमै उपलब्ध गराउने गरी हुलाक सिम सेवा सुरु गरेको हो। यो सेवा लिनका लागि ग्राहकले टेलिकमको वेबसाइट esim.ntc.net.np मा रहेको postal SIM portal मा प्रवेश गरी व्यक्तिगत विवरण दर्ता गर्नुपर्नेछ। फाराम भर्दा विभिन्न कागजात upload गर्नुपर्नेछ। त्यसपछि निजीको टेलिकम काउन्टर छनोट गरी आवेदन पेश गर्न सकिनेछ। पेश गरिएको कागजात टेलिकमले जाँच गरेपछि त्यसको जानकारी SMS मार्फत दिइनेछ। ग्राहकले सिम बापत नब्बे रुपियाँ र हुलाक delivery शुल्क बापत सत्तर रुपियाँ गरी कुल एक सय साठी रुपियाँ जुनसुकै digital wallet, mobile banking वा नमस्ते pay मार्फत भुक्तानी गर्न सक्नेछन्। हुलाक कर्मचारीले घरमा सिम ल्याइदिँदा ग्राहकले आफ्ना विवरण प्रमाणित गराउनु पर्नेछ। नेपाल राष्ट्र बैंकले बडादशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै digital wallet मा रकम जम्मा गर्न सकिने दैनिक सीमा अस्थायी रूपमा बढाएको छ। राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई प्राकृतिक व्यक्तिको wallet मा एक दिनमा बढीमा पचास पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गर्न निर्देशन दिएको हो। भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन अनुसार प्राकृतिक व्यक्तिको wallet मा एक दिनमा बढीमा दस पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था छ। तर चाडपर्वलाई लक्षित गर्दै केन्द्रीय बैंकले यो संख्या बढाएको हो। राष्ट्र बैंकका अनुसार बडादशैँका अवसरमा एकतिस असोजदेखि आठ कार्तिकसम्म र तिहार तथा छठ पर्वका अवसरमा एक्काइसदेखि उनन्तीस कार्तिकसम्म यो सुविधा लागू हुनेछ। सवारी साधन खरिद बिक्रीपछि दर्ता तथा नामसारी गर्न अब सेवाग्राही सवारीधनी अनिवार्य रूपमा यातायात व्यवस्था कार्यालयमै पुग्नुपर्ने बाध्यता हटेको छ। पूर्वाधार विकास मन्त्रालयको मन्त्री स्तरीय निर्णयमार्फत निर्देशिकाका मुख्य प्रावधानहरू संशोधन गरिएको जानकारी यातायात व्यवस्था विभागले सार्वजनिक सूचनामार्फत दिएको छ। यसैगरी सवारी साधन खरिदकर्ता यातायात कार्यालयमा भौतिक रूपमा उपस्थित हुन नसक्ने अवस्थामा वारेसनामा मार्फत पनि दर्ता तथा नामसारी कार्य सम्पन्न गर्न सकिने व्यवस्था गरिएको छ। सवारी बिक्री गर्ने dealer हरूले खरिदकर्ताको वारेसनामा, वारेसनामामा पाएको व्यक्तिको नेपाल सरकारबाट जारी भएको सकल परिचयपत्र, खरिदकर्ताको फोटो र खरिदकर्ताको सकल परिचयपत्र सहित यातायात कार्यालयमा उपस्थित गराएमा कार्यालयले सोही आधारमा दर्ता तथा नामसारीको काम सम्पन्न गरिदिनु पर्नेछ। थप जानकारी टेकपानामा पढ्न सकिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आगामी स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्न चाहने आकांक्षीहरूका लागि सामाजिक सञ्जालमा cyber bullying नगरेको सो घोषणा अनिवार्य गरेको छ। रास्वपाले जारी गरेको स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुसार पार्टीको candidate club मा आवेदन दिँदा आकांक्षीहरूले digital दुर्व्यवहार नगरेको स्पष्ट प्रमाणसहितको सो घोषणा पेश गर्नुपर्ने व्यवस्था गरिएको हो। रूपरेखाको दुर्व्यवहार तथा digital अपराध सम्बन्धी खण्डमा राखिएको यस प्रावधान अनुसार आकांक्षीले सामाजिक सञ्जालको दुरुपयोग गरी कसैको चरित्र हत्या, cyber bullying, online ठगी वा अन्य कुनै पनि प्रकारको digital दुर्व्यवहारमा आफ्नो संलग्नता नरहेको घोषणा गर्नुपर्नेछ। यसका साथै घरेलु हिंसा, यौनजन्य दुर्व्यवहार र सार्वजनिक स्थलमा अमर्यादित व्यवहार नगरेको प्रतिबद्धता समेत जनाउनुपर्नेछ। AI प्रयोग गरेर बनाइएका गीत पहिचान गर्न YouTube Music ले नयाँ label प्रणाली सुरु गरेको छ। YouTube ले AI प्रयोग गरी मुख्य रूपमा गीतको composition र स्वर सृजना गरिएका track मा नयाँ label देखाउने छ। YouTube Music मा AI को प्रयोगबाट तयार पारिएका गीत बज्दा player page मै label देखिनेछ। उक्त label मा tap गरेर गीत निर्माणमा AI को प्रयोगबारे थप जानकारी लिन सकिनेछ। कम्पनीका अनुसार AI बाट सृजना गरिएका गीत पहिचान गर्न यसले संगीत सम्बन्धी साझेदारहरूसँग सहकार्य गर्नुका साथै आफ्नै पहिचान प्रणाली पनि प्रयोग गर्नेछ। AI उपकरणको प्रयोगबाट संगीत सृजना गर्ने क्रम बढ्दै जाँदा गीतको वास्तविक सृजना प्रक्रियाबारे श्रोताले जानकारी पाउनुपर्ने माग बढेको YouTube ले जनाएको छ। टेकपाना टेक अपडेट आजलाई यति नै। प्रविधि सम्बन्धी विभिन्न जानकारीको लागि टेकपाना हेर्दै गर्नुहोला। आजलाई भने यो video बाट म उष्मा अधिकारी बिदा हुन्छु। नमस्कार।

The rest of this transcript — segmented and speaker-labeled, so you land on the exact moment something was said
Search every transcript — by keyword, by phrase, or by meaning, across every show Radar indexes
Trends — what is surging across podcasts, measured against its own baseline
Alerts — when a name you follow appears in a newly indexed episode
No account is needed to search Radar.