Oct 11, 2026 · 12 min · 1 segments
In this Techpana Tech Update, we cover Nepal’s move toward online driving license services, license renewals based on self-declaration, a cyberattack exposing data from backup systems, and how…
No entities detected.
अब ड्राइभिङ लाइसेन्सका अधिकांश प्रक्रिया online बाटै हुन थालेका छन्। केही कामका लागि भने कार्यालय पुग्नै पर्ने हुन्छ। कुन कुन कामको लागि कार्यालय जानु पर्छ त? यस पटकको टेकपाना टेक अपडेटमा यो सहित अरू धेरै जानकारी तथा समाचार समावेश छन्। ड्राइभिङ लाइसेन्सका अधिकांश प्रक्रिया online बाटै हुन थालेका छन्। नयाँ लाइसेन्स लिन, नवीकरण गर्न वा सच्याउन सेवाग्राहीले यातायात कार्यालय धाएर दिनभर लाइन बस्नुपर्ने बाध्यता धेरै हदसम्म अन्त्य भएको छ। यातायात व्यवस्था विभागले विद्युतिय माध्यमबाट सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा प्रवाह गर्ने निर्देशिका २०८३ कार्यान्वयनमा ल्याएसँगै लाइसेन्सका अधिकांश काम online प्रणालीमा सारिएका हुन्। फाराम भर्नेदेखि राजस्व तिर्नेसम्मका काम घरमै बसेर गर्न सकिन्छ। यस्तै सुरक्षण मुद्रण केन्द्रमा छपाई भएपछि ती कार्डलाई हुलाकमार्फत सेवाग्राहीको हातसम्म पुर्याउने व्यवस्था मिलाउन यसअघि नै विभागले त्रिपक्षीय सम्झौता गरेको थियो। जसकारण अब सेवाग्राहीले चाहेमा प्रिन्ट भइसकेका लाइसेन्स सेवाग्राहीले घरमै प्राप्त गर्न सक्नेछन्। तर online बाट नै अधिकांश काम गर्न सकिने व्यवस्था गरिए पनि केही काम भने भौतिक रूपमा नै उपस्थित भएर गर्नुपर्ने बाध्यता अझै पनि कायमै छ। विभागका अनुसार स्वास्थ्य परीक्षण, लिखित तथा ट्रायल परीक्षा र राष्ट्रिय परिचयपत्रको data उपलब्ध नभएको अवस्थामा biometric verification का लागि यातायात कार्यालयमा सेवाग्राही आफै उपस्थित हुनुपर्ने व्यवस्था कायमै छ। थप जानकारी टेकपानामा पढ्न सकिन्छ। ढड्डा जलेर नष्ट भएका यातायात कार्यालयबाट अब स्वघोषणाका भरमा ड्राइभिङ लाइसेन्स नवीकरण हुने भएको छ। गत वर्ष भदौ २३ र २४ मा भएको जनजी आन्दोलनका क्रममा यातायात कार्यालयहरूमा आगजनी र तोडफोड भई ढड्डा जलेर नष्ट भएपछि अन्यौलमा परेका सेवाग्राहीहरूले अब स्वघोषणाका भरमा सवारी चालक अनुमति पत्र लाइसेन्स नवीकरण गर्न पाउने भएका छन्। लाइसेन्स भएका तर यातायात व्यवस्था विभाग तथा कार्यालयमा ती लाइसेन्सको पूर्ण विवरण उपलब्ध नभएका सवारी चालक अनुमति पत्रहरूको नवीकरण सहज बनाउन यस्तो व्यवस्था गरिएको हो। यातायात व्यवस्था विभागले विद्युतिय माध्यमबाट सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा प्रवाह गर्ने निर्देशिका २०८३ स्वीकृत गरी कार्यान्वयनमा ल्याएसँगै यो सुविधा उपलब्ध भएको हो। जनजी आन्दोलनका क्रममा विभागसहित इटहरी, पोखरा, बिरतामोड, चितवनलगायतका देशभरका दश वटा यातायात कार्यालयहरूमा आगजनी तथा तोडफोड हुँदा पुराना ढड्डा र कागजातहरू जलेर नष्ट भएका थिए। यातायात व्यवस्था विभागका निर्देशक एवं सूचना अधिकारी केशव खतिवडाका अनुसार यसअघि लाइसेन्स नवीकरण गर्दा यातायात कार्यालयहरूले online प्रणाली र ढड्डामा विवरण हेरेर नवीकरणका लागि स्वीकृत हुँदै आएको छ। तर ढड्डा जलेका कार्यालयहरूमा लाइसेन्स नवीकरणमा समस्या भएपछि स्वघोषणाबाट एकपटकका लागि नवीकरणको व्यवस्था मिलाइएको हो। डेटा सेन्टर सेवा प्रदायक कम्पनी डेटा हबको पूर्वाधारमा भएको cyber आक्रमणबाट हाम्रो पे समेत प्रभावित भएको पाइएको छ। आक्रमणका क्रममा डेटा हबमा रहेको डिजिटल wallet हाम्रो पेको backup को डेटा breach चोरी भएको हो। यसबाट लाखौँ प्रयोगकर्ताको व्यक्तिगत तथा वित्तीय डेटा चोरी भएको छ। डार्क web को एक फोरममा cyber अपराधीले हाम्रो पात्रो हाम्रो पेसँग सम्बन्धित तीन लाख त्रियत्तर हजार छप्पन जना प्रयोगकर्ताको संवेदनशील डेटा base पाँच हजार अमेरिकी डलरमा बिक्रीमा राखेपछि यो गम्भीर डेटा breach सार्वजनिक भएको हो। घटना सार्वजनिक भएपछि हाम्रो पे सञ्चालक कम्पनी लेनदेन सेवा private limited ले एक विज्ञप्ति जारी गर्दै डेटा हबमा भएको security breach का कारण आफ्नो disaster recovery DR वातावरण प्रभावित भएको पुष्टि गरेको छ। तर हालसम्मको अनुसन्धानबाट कुनै पनि ग्राहकको खातामा account access भएको प्रमाण नभेटिएको दाबी गरिएको छ। हाम्रो पेको मुख्य live production प्रणाली भने यस घटनाबाट पूर्णरूपमा अलग र सुरक्षित रहेको कम्पनीले स्पष्ट पारेको छ। थप जानकारी टेकपानामा पढ्न सकिन्छ। श्रमिकलाई प्रत्येक वर्ष एक महिनाको आधारभूत पारिश्रमिक बराबरको चाडपर्व खर्च उपलब्ध गराउन श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले रोजगारदाता तथा प्रतिष्ठानहरूलाई आग्रह गरेको छ। श्रम ऐन २०७४ को दफा सैँतिसमा प्रचलित धर्म, संस्कृति तथा परम्परा अनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था रहेको विभागले स्मरण गराएको छ। चाडपर्व खर्च उपलब्ध नगराएमा सम्बन्धित श्रमिक तथा कामदारले रोजगारदाता वा प्रतिष्ठान रहेको कार्यक्षेत्र अन्तर्गतको श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी तथा निवेदन दिन सक्नेछन्। साथै यो QR code scan गर्दा खुल्ने link मा विवरणभरी उजुरी दिन सकिनेछ। उजुरी तथा थप जानकारीका लागि विभाग website www.doals.gov.np र email info@doals.gov.np मार्फत सम्पर्क गर्न सकिनेछ। दूरसञ्चार विज्ञ आनन्दराज खनाल अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ ITU को नयाँ दिल्ली स्थित दक्षिण एसिया क्षेत्रीय कार्यालय तथा Innovation Center को प्रमुखमा नियुक्त भएका छन्। उनले १ अक्टूबर २०२६ देखि औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्। ITU को दूरसञ्चार विकास Bureau ले २२ सेप्टेम्बर २०२६ मा जारी गरेको परिपत्रमार्फत खनालको नियुक्तिबारे औपचारिक जानकारी गराएको थियो। दूरसञ्चार, सञ्चार प्रविधि, डिजिटल रूपान्तरण, सार्वजनिक नीति, नियमन, साइबर सुरक्षा, डिजिटल पूर्वाधार र नवप्रवर्तनका क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव बोकेका खनालले अब नयाँ दिल्ली कार्यालयबाट ITU र दक्षिण एसियाली सदस्य राष्ट्र तथा सरकारवालाबीच सहकार्य अघि बढाउनेछन्। नयाँ दिल्ली स्थित ITU को दक्षिण एसिया क्षेत्रीय कार्यालय तथा Innovation Center भारत सरकारको सहकार्यमा स्थापना भई सन् २०२३ मार्चमा औपचारिक रूपमा सञ्चालनमा आएको थियो। खनालसँग नेपालको दूरसञ्चार र सूचना प्रविधि क्षेत्रमा तीस वर्षभन्दा बढी समय काम गरेको अनुभव छ। निर्वाचन आयोगले नेपालमा इन्टरनेट मतदान प्रणाली लागू गर्ने दिशामा आवश्यक प्रविधि, जनशक्ति, साइबर सुरक्षा र संस्थागत क्षमताबारे छलफल थालेको छ। आयोगको आयोजनामा बीस हसोसमा इन्टरनेट मतदान प्रविधि तथा निर्वाचन व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग सम्बन्धी प्रस्तुतीकरण, प्रविधि प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा इन्टरनेट मतदान प्रविधि प्रणालीको कार्यप्रक्रिया, साइबर सुरक्षा तथा कार्यान्वयनका विभिन्न पक्षबारे प्रस्तुतीकरण र छलफल भएको थियो। कार्यक्रममा Smart Tech र Inspiring Lab का विज्ञहरूले इन्टरनेट मतदान प्रणाली सम्बन्धी जानकारी दिएका थिए। Netherlands, Estonia, Bosnia, Panama र बेलायतबाट सहभागी Smart Tech का विज्ञहरूले इन्टरनेट मतदानको प्राविधिक संरचना, सुरक्षा प्रणाली सञ्चालन र अन्तर्राष्ट्रिय अभ्यासबारे जानकारी प्रस्तुत गरेका थिए। त्यस्तै Inspiring Lab का प्रतिनिधि संजय खनालले इन्टरनेट voting technology architecture विषयमा प्रस्तुतीकरण गर्दै प्रणालीको प्राविधिक संरचना, विशेषता र निर्वाचन प्रक्रियामा यसको सम्भावित प्रयोगबारे जानकारी दिएको निर्वाचन आयोगले जनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले आयोग आगामी दिनमा इन्टरनेट मतदानको दिशामा अघि बढ्ने बताएका छन्। InDrive पठाउजस्ता Ride Hailing को बहाना बनाएर राति र बिहानपख एकलै हिँड्ने सर्वसाधारणलाई हतियार देखाएर लुटपाट गर्दै आएको गिरोहका नाइकेलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दै सिन्धुलीको मरेण गाउँपालिका पाँच घर भई हाल कलङ्की ढुंगे अड्डा बस्ने छब्बीस वर्षीय आयन माझीलाई घोडामुनि गोली हानी नियन्त्रणमा लिएको र उनका थप दुई सहयोगीलाई समेत पक्राउ गरिएको जानकारी दिएको छ। प्रहरी अनुसन्धान अनुसार माझीको नेतृत्वमा रहेको यस समूहले विशेष गरी बिहानको अँध्यारोमा Morning Walk हिँड्ने तथा तरकारी किन्न निस्किने महिला र पुरुषलाई मुख्य निशाना Target बनाउने गरेको थियो। Ride Hailing सेवाको आवरणमा वा सर्वसाधारणसँग ठेगाना सोध्ने बहाना बनाएर उनीहरू एकान्त र शान्त इलाकामा पुग्थे। त्यसपछि साथमा बोकेका खुकुरी लगायतका धारिलो हतियार देखाइ ज्यान मार्ने धम्की दिएर घाँटीमा लगाएको सुनका सिक्री, गरगहना, नगद र mobile लुटपाट गर्ने गर्थे। लुटपाटपछि प्रहरी र सर्वसाधारणको आँखा छल्न उनीहरूले बाटोमै तीनोटाभन्दा बढी मोटरसाइकल फेर्ने र नकली नम्बर प्लेट प्रयोग गर्ने आपराधिक कार्यशैली Modus Operandi अपनाउने गरेको पाइएको छ। Google ले Artificial Intelligence AI प्रयोग गरेर बनाइएको फोटो, भिडियो वा audio पहिचान गर्न सकिने नयाँ website सबैका लागि खुला गरेको छ। Google ले आफ्नो SynthID Detector विश्वव्यापी रूपमा roll out गरेको हो। यसअघि पत्रकार, सञ्चार क्षेत्रका पेशाकर्मी तथा अनुसन्धानकर्ताले परीक्षणका रूपमा प्रयोग गर्दै आएको यो उपकरण अब विश्वभर उपलब्ध गराइएको हो। Google ले सन् २०२३ मा SynthID प्रविधि सार्वजनिक गरेको थियो। यसले AI बाट सृजना गरिएका सामग्रीमा मानिसले देख्न नसक्ने डिजिटल Watermark राख्छ। पछि यही Watermark पहिचान गरेर उक्त सामग्री Google वा SynthID प्रयोग गर्ने साझेदारका AI प्रणालीबाट सृजना भएको हो कि होइन भनेर जाँच गर्न सकिन्छ। नयाँ SynthID Detector मा फोटो, भिडियो वा audio file upload गरेर त्यसमा SynthID Watermark छ कि छैन भनेर जाँच गर्न सकिन्छ। Google का अनुसार SynthID सार्वजनिक भएयता यस प्रविधिमार्फत एक सय असी अर्बभन्दा बढी फोटो तथा भिडियोमा Watermark राखिसकिएको छ। अन्य creator को podcast, अन्तर्वार्ता, live stream वा अन्य भिडियोका केही अंश लिएर Shorts मा हाल्नेलाई YouTube ले निरुत्साहित गर्ने भएको छ। बरु YouTube ले यस्ता सामग्री बनाउने account लाई थप कडाई गर्दै मौलिक सामग्री प्रस्तुत गर्न प्रोत्साहित गर्ने भएको छ। YouTube ले गरेको घोषणा अनुसार Shorts Feed को recommendation प्रणालीमा परिवर्तन गर्दै सबैका लागि Shorts को अनुभव सुधार गर्ने जनाएको छ। नयाँ व्यवस्थाले creator लाई आफ्ना Shorts मा मौलिक टिप्पणी, विशिष्ट सम्पादन वा आफ्नै शैलीको कथा प्रस्तुति समावेश गर्न प्रोत्साहित गर्नेछ। यससँगै अन्य निर्माताको सामग्रीलाई सामान्य रूपमा काटछाट गरेर पुनः upload गर्ने भन्दा त्यसमा आफ्नै सृजनात्मक योगदान, त्यसमा आफ्नै सृजनात्मक योगदान थप्ने सामग्रीलाई YouTube ले प्राथमिकता दिने संकेत गरेको छ। यो परिवर्तनले मौलिक सामग्रीलाई थप प्राथमिकता दिनेछ भने अन्य creator को सामग्रीमा उल्लेखनीय नयाँ योगदान नगरी पुनः upload गरिएका भिडियोको पहुँच घटाउने छ। जापानी automobile निर्माता Honda ले गुडी रहेको अवस्थामा EV लाई wireless रूपमा charge गर्न सकिने प्रविधि विकास गरेको छ। कम्पनीले ट्रक लगायतका ठूला व्यवसायिक EV लाई समेत लक्षित गर्दै सडकबाटै wireless विद्युत आपूर्ति गर्न सकिने प्रविधिको आधारभूत विकास पूरा गरेको जनाएको छ। Honda Motor को सहायक कम्पनी Honda R&D ले जापानको अग्रणी निर्माण कम्पनी Taisei Corporation र Taisei Road Tech Corporation सँगको सहकार्यमा Magnetic Coupling Wireless Power Transfer WPT Road System विकास गरेको हो। यो प्रणालीमा सडकभित्र विद्युत प्रसारण गर्ने उपकरण जडान गरिन्छ भने सवारी साधनमा विद्युत ग्रहण गर्ने उपकरण राखिन्छ। यो प्रविधि प्रयोगमा आएमा EV लाई घर वा charging station मा बारम्बार रोकेर charge गर्नुपर्ने आवश्यकता घट्न सक्छ। विशेष गरी लामो दूरीमा चल्ने ट्रक तथा अन्य व्यवसायिक सवारी साधनका लागि यसले charging का कारण हुने समय खर्च कम गर्ने अपेक्षा गरिएको छ। Honda ले सुरुवाती चरणमा यसको प्रयोग धुवानी तथा सार्वजनिक यातायात क्षेत्रमा गर्ने लक्ष्य राखेको छ। Techpana Tech Update आजलाई यति नै। प्रविधिसम्बन्धी विभिन्न जानकारीको लागि Techpana हेर्दै गर्नुहोला। यो भिडियोबाट भने म उष्मा अधिकारी बिदा हुन्छु। नमस्कार!

The rest of this transcript — segmented and speaker-labeled, so you land on the exact moment something was said
Search every transcript — by keyword, by phrase, or by meaning, across every show Radar indexes
Trends — what is surging across podcasts, measured against its own baseline
Alerts — when a name you follow appears in a newly indexed episode
No account is needed to search Radar.